५ भदौ, काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासतमा छन् ।

उनी पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका हुन् । अदालतले दुई पटक पाँच–पाँच दिन थुनामा राख्न आदेश दिएपछि आठ दिनदेखि उनी प्रहरी हिरासतमा छन् । उनको रिहाइको माग गर्दै चितवन, काठमाडौंसहित विभिन्न जिल्लामा प्रदर्शन पनि भइरहेका छन् ।


शालिकराम मृत्यु प्रकरणः व्यापक आरोपपछि रेणु दाहालले मुख खोलिन्

यहि बीचमा बुधबार बेलुकी उनकी श्रीमती निकिता पौडेलले उनकै नामबाट एउटा स्टाटस आफ्नो फेसबुक एकाउण्टमा पोष्ट गरिन् । जसमा रविले आफू हिरासतभित्रै असुरक्षित रहेको बताएका छन् । पाँचौ दिनसम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महशुस गरेको थिए तर आजबाट भने म प्रहरीसँग नै असुरक्षित महशुस गरेको छु , उनले भनेका छन् ।

रविले भनेका छन् “यो घटनालाई लिएर प्रहरीले मलाई ५ वर्ष नै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनुभएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहिँकतै संलग्नता छैन भनेर म प्रमाणित गर्न सक्छु ।”

प्रहरीले आफ्नो कल डिटेल निकाल्न पनि समय लगाएको भन्दै लामिछानेले आफूलाई फसाउन प्रहरीले समय लम्ब्याएको आरोप लगाएका छन् । हेनुस् रविकी श्रीमती निकिताले बुधबार बेलुकी रविका नामबाट आफ्नो एकाउण्टमा राखेको स्टाटस