एजेन्सी ।

भारतीय क्रिकेटर विराट कोहोलीले जारी विश्वकप क्रिकेटको पहिलो खेलमै धुवाँदार शुरुवात गरेका छन् । उनले पाकिस्तान विरुद्धको भारतको पहिलो खेलमा सतकीय पारी खेल्दै नयाँ रेकर्ड बनाएका हुन् ।

आइतबार भएको खेलमा कोहोलीले यस पटकको विश्वकपमा पहिलो शतक समेत बनाए ।

virat-kohli

विश्वकपको खेलमा पाकिस्तान विरुद्ध शतक बनाउने उनी पहिलो खेलाडी समेत हुन् । यो पारीसँगै विराटले पूर्व भारतीय टिमका कप्तान सौरव गाँगुलीसँग २२ शतकको बराबरी गरेका छन् ।

कोहोलीले पाकिस्तान विरुद्ध १२६ बलमा १०७ रन बनाएर आउट भए । उनको विकेट भने पाकिस्तानी बलर सोहेलले लिए ।

यस अघि भारतीय टिमबाट पाकिस्तानविरुद्ध सबै भन्दा बढी बनाउने रेकर्ड सचिन तेन्दुल्करको थियो । सन् २००३ मा सचिनले पाकिस्तान विरुद्ध विश्वकपकै खेलमा सचिले ९८ रन बनाएका थिए । कोहोलीले सचिनको रेकर्ड तोडेका छन् ।

यो पनि हेर्नुस्

लुकी लुकी अस्पताल पुगे विराट र अनुष्का

विराट कोहोलीले भनेः हो अनुष्कासँग लभ छ

अनुष्का होइन अरुसँग भेटिए बिराट कोहोली (तस्विर सहित)

बिराट कोहोलीले धोनीको सन्यासबारे यस्तो भने