विपाशा बसु ३७ वर्ष पुगिन। तर उनको जवानी र ग्ल्यामरले उनी ३७ वर्ष पुगेको बताउँदैन। बलिउड मात्र होइन हलिउडका कयौं नायिका ३५ वर्ष कटेका छन् तर जवानी र सुन्दरतामा कमी आएको भेटिदैन बरु झनै फूर्तिका साथ फिल्ममा देखिन्छन्।
पछिल्लो केही बर्ष फिल्म इन्डस्ट्रीको ट्रेन्ड निकै बदलिएको छ। नेपाली चलचित्र फरक धारमा चल्न थालेको छ भने बलिउडमा निकै ठुलो उतारचढाव आइसकेको छ। बलिउडमा खानको जमाना अझै सकिएको छैन। साथै विद्या बालन, करीना कपूर खान, नेहा धूपिया सहित कयौं नायिका ३५ वर्ष पश्चात पनि लगातार फिल्म अनि अन्य क्रियाकलापमा व्यस्त देखिन्छन्। हलिउडकी रियालिटी स्टार्स केट विन्सलेट,किम कार्दशियन लगायतका नायिकाको ग्ल्याम पनि देख्न लायक छ।
केहि वर्ष पहिले नायिकाको उमेर ३० वर्ष पुगेपश्चात करिअर ढल्मलाउन थाल्दथ्यो अनि विवाह गरि फिल्मबाट टाढा हुने गर्थे। अहिले यहि उमेरसमुहका नायिका सबैभन्दा क्रियाशील देखिन्छन्।
यो पनि पढ्नुस्।
प्रियंकालाई अर्को सफलता: पहिलो सिरिज क्वान्टिकोबाटै पाइन अवार्ड
मस्तीजादेमा सन्नीको मस्ती, सार्वजनिक भए तस्बिर
सन्नी लियोनले सार्वजनिक गरिन् सेन्सर नगरिएको भिडियो (भिडियो सहित)
सन् २०१५ का सर्वाधिक सफल बलिउडका १० नायिका
सन् २०१५मा बलिउड बक्स अफिसमा सबैभन्दा बढी कमाइ गर्ने १० नायक