२० फागुन, एजेन्सी । 

 चलिरहेको समयमा भारतका चर्चित ब्याट्सम्यान एवं टिमका उपकप्तान विराट कोहोली अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)मा उजुरी परेको छ ।

कोहोलीकी प्रेमिका अभिनेत्री अनुष्का शर्माको विषयलाई लिएर कोहोलीले पत्रकारमाथि दुर्ब्यवहार गरेका थिए । सञ्चारकर्मीलाई दुर्ब्यवहार गरेको र अपशब्द गरेको भन्दै कोहोलीमाथि उजुरी परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

virat-kohli

भरतको चर्चित पत्रिका हिन्दुस्तान टाइम्सका पत्रकार जसविन्दर सिन्धुले कोहोलीमाथि उजुरी हालेका हुन् । उपकप्तान कोहलीले आफूमाथि अपशब्द प्रयोग गरेको र औंला तेर्साएर गाली समेत गरेको आरोप पत्रमा उल्लेख छ ।

आफूले पत्रकारलाई गाली गरेको विषयमा उपकप्तान कोहोलीले यस अघि नै क्षमा याचना गरिसकेका छन् ।

भारतीय टिमबाट विश्वकपमा सबै भन्दा राम्रो प्रदर्शन गरिरकेका कोहोलीले पहिलो खेलमै शतक प्रहार गरेका थिए । तर तिनै कोहोली विवादमा परेपछि भने भारतलाई समस्या हुन सक्ने कतिपयले विश्लेषण गरेका छन् ।

यो पनि हेर्नुस् 

अनुष्का होइन अरुसँग भेटिए बिराट कोहोली (तस्विर सहित)

विराट कोहोलीले तोडे सचिनको रेकर्ड

विराट कोहोलीले भनेः हो अनुष्कासँग लभ छ