२९ भदौ, काठमाडौं ।

नेपालसँग सीमा जोडिएका भारत विहारका भाजपा सांसदले नेपालमा हस्तक्षेप गर्न माग गरेका छन् ।

भारतीय विदेशमन्त्रालयले नेपालको संविधानसभाबाट शुरु भएको संविधान निर्माणको प्रक्रियाको स्वागत गर्दै विज्ञप्ति निकालेको एकदिनपछि विहारी सत्तारुढ सांसदहरुको यस्तो माग आएको हो ।

India today Bihar MP

सत्तारुढ प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीका सांसदहरुले नेपालमा जारी तनाव अन्त्य गर्न भारतले हस्तक्षेप गर्नु पर्ने माग गरेका हुन्। नेपालसँग सीमा जोडिएका भागहरुको संवेदनशीलताप्रति इङ्गित गर्दै सांसदहरुले विहारको चुनावमा समेत नेपालको तनावको प्रभाव पर्ने चिन्ता ब्यक्त गरेका छन् ।

इण्डिया टुडेका अनुसार मधेशी र थारुलाई उत्पीडिनमा पारेर संविधान जारी गर्न खोजिएको भन्दै उनीहरुले केन्द्रबाट हस्तक्षेपको माग गरेका हुन् ।

भाजपाका सांसद विरेन्द्र कुमार चौधरीले नेपालमा हस्तक्षेप गर्नका लागि आग्रह गर्दै विदेशमन्त्री सुष्मा स्वराजलाई पत्र लेखेको समेत इण्डिया टूडेले जनाएको छ ।

नेपाल हिन्दु राष्ट्र नभएपछि भारतमा तरंग, भारतीय सन्देशको अर्थ

मधेशीहरुलाई दोश्रो दर्जाको नागरिक बनाएर नेपालमा नागरिकताबाट समेत बञ्चित भएको दावी उनले गरेका छन् ।

भारतीय पूर्व राजदुतको चेतावनी- मधेस आन्दोलनबाट नेपालले ठूलो मूल्य चुकाउने छ