१७ माघ, काठमाडौं।

नाकाबन्दीका बेलामा अडान लिएर राष्ट्रवादी छवी बनाएका एमाले अध्यक्ष केपी शर्मा ओली झटट् हेर्दा प्रधानमन्त्री बनिहाल्ने स्थिति देखि हाल्दैन्। नदेखिएका कुरा हुने बरु सिधा कुरा नहुने नेपाली राजनीतिमा ओली प्रधानमन्त्री बन्ने लाइनमै छैनन् भन्नु पनि गलत हुन्छ।

फाइल तस्बिर

हो, केपी शर्मा ओलीको प्रधानमन्त्री बन्ने संभावना पनि निकट भविष्यमा देखिन्छ। पार्टी पंतिदेखी सामाजिक सञ्जालमा अझै लोकप्रियताको विषयमा अन्य नेताहरुलाई पछि पारेका ओलीका प्रधानमन्त्री बन्ने समिकरणहरु के के होलान ? धेरैको चासोको विषय हो।

राजनीतिका निकै चतुर खेलाडी स्वयम ओलीले पनि यसको आंकलन गरेकै होलान्। आफै सरकारमा बसेर चुनाव गराउँदा त्यसको प्रतिफल थप सकारात्मक हुनेमा  उनि सहित एमाले पार्टी जानकार छ।

यो पढ्नुस्: ट्रम्पलाई बेलायतमा प्रतिबन्ध लगाउन १० लाख भन्दा बढीको हस्ताक्षर, १ लाख बढी हुँदा नै संसदमा छलफल हुने नियम

आसन्न चुनावमा बहुमत ल्याएर सरकार बनाउने दाबी गरेको एमालेलाई सरकार महत्वपुर्ण छ। विपक्षमा बसेर सरकारलाई ‘निकम्मा’ देखाएर जति आर्जन गर्न सकिन्थ्यो त्यो एमालले गरि पनि सक्यो।

अबको एमालेको एउटा बाटो भनेको सरकारसम्म पुग्नु पनि हो। सरकारको आफै नेतृत्व गर्ने अवस्था आए पनि ओली तम्तयार छँदैछन्।

कसैको बहुमत नभएको हालको संसदबाट निर्वाचित हुन गणितीय समिकरण मिल्न पर्छ । गणितीय खेलमा एमाले अब्बल दर्जाको खेलाडी हुँदै हो।

यतिखेर माओवादी केन्द्र र कांग्रेस मिलेका देखिएपनि खास-खास मोडमा आउँदा समिकरणमा के के हुन्छ कसैलाई थाहा हुन्न। त्यस्तै एउटा खड्को जारी समिकरणको लागि आउँदैछ।

प्रचण्ड र देउवाबीच ९-९ महिना सत्ता चलाउने सहमति भएको हो। प्रचण्डको कोटामा परेको ९ महिना सकिन धेरै समय छैन्। नेपालमा पाइसकेको सत्ता सजिलै छोड्ने चलन छैन्। प्रचण्डले चुनाव नगराइनकन सत्ता छोड्न आनकानी गरेका दिन देउवा तनावमा हुनेछन्। त्यसबखत ओलीले ‘खेल’ खेलेर सत्ता आफ्नो पोल्टमा पार्न सक्ने अवस्था रहन्छ।

संविधान संसोधनकै विषयमा बेला बेलामा माओवादी केन्द्र र कांग्रेसबीच गज्याङगुजुङ हुने गरेको छ। सत्ताको विषयमा भोली विवाद हुँदा यो समिकरण टुट्न सक्छ। यसमा उत्प्रेरकको भुमिका खेलेर केपी शर्मा ओलीले प्रधानमन्त्री पद हात पार्न, नसकेपनि कम्तिमा प्रचण्ड वा देउवा एकलाई समर्थन गरेर सत्तामा उक्लन सक्दछन्।

प्रचण्ड र देउवाका बीच सत्ताका विषयमा कुरा नमिलेको अवस्थामा एमाले पार्टी निर्णायक अवस्थामा पुग्छ। ओलीले यता दुबैलाई आफ्नो नेतृत्वमा सहमत गराएर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न सक्दछन, जुन सरकारले सबै किसिमका चुनाव पनि गराउन सक्नेछ। यसको संभावना किन पनि हुन्छ भने सत्ताको नेतृत्वका गर्दा संविधान संसोधनका विषयमा एमाले नरम हुने संभावना रहन्छ।

अर्को अवस्था भनेको ओली प्रचण्ड वा देउवा मध्ये एकलाई रोजेर पार्टीलाई सत्तामा पुर्याउन सक्दछन्। चुनाव भन्दा अघि पार्टी सत्तामा रहँदा त्यसले दिन फाइदाका बारेमा नेपालका सबै राजनीतिक पार्टीहरु जानकार छन्।

यो पढ्नुस्।
मधेसी मोर्चासँग प्रचण्डको बाचा ‘ढुक्क हुनुहोस्’
देउवा भित्रै आलोचित, बाहिरै आलोचित
अमेरिकामा भारतीय पनि पर्न थाले निशानामा