६ चैत, एजेन्सी।

विश्वभरका वैज्ञानिकलाई मान्ने हो भने सूर्य मुख्यत: हाइड्रोजन र हिलियमले बनेको छ। तर नाशाले सार्वजनिक गरेको केही तस्बिरले भने सूर्यको बारेमा रहस्यमय विषय अगाडी सारेको छ,  सूर्य भित्र खोक्रो त छैन? यहि वर्षको १४ मार्चमा नाशाको एक स्याटेलाइटले पठाएको तस्बिरमा सूर्य सतहमा एक ठुलो ढोका खुलेको झै देखिएको छ।ufo door around sun 22399713

नाशाको सोलार एण्ड हेलियोस्फेरिक अब्जर्भेटरी (SOHO) स्याटेलाइटले खिचेको तस्बिरमा अहिलेसम्म नदेखिएको सूर्य भित्र ठुलो वस्तु जानसक्ने ढोका जस्तो आकृति देखिएको छ।ufo door around sun 33368713

सूर्य एक भकुण्डो जस्तो भित्र खोक्रो भएको पिण्ड हुनसक्ने कतिपयका अनुमानलाई यो तस्बिरले बल दिएको छ।

एलियनखोजकर्ताहरुले नाशाको यो हालै खिचिएको तस्बिरमा यी चम्किला ढोका पत्ता लगाएका हुन।Solar and Heliospheric Observatory nasa

केही समय अघि यहि स्याटेलाइटले खिचेको तस्बिरमा सूर्य वरिपरि एलियनका जहाज (यूएफओ) देखिएको चर्चा चलेको थियो। सार्वजनिक भएका तस्बिरमा पनि यूएफओ भनिएका वस्तु देख्न सकिन्छ।

केही विश्लेषक तथा एलियनखोजकर्ता विश्वास गर्छन् कि सूर्यको वरिपरि ठुलो संरचना बनाइएको छ। जसबाट एलियनले सूर्यको शक्तिको खपत गरिरहेका छन्।

तस्बिर खिच्दा प्राविधिक गडबडी वा अन्य केही कारणले यस्तो देखिएको पनि सम्भावना रहन्छ। तर लगातार सूर्यको वरिपरि यस्ता शंकास्पद आकृति देखिनुले सूर्य हामीले सोचेझै अवस्थामा नरहेको अनुमान लगाउन सकिन्छ।

यो पनि पढनुस्।

सूर्यको वरिपरि यूएफओ? सूर्य एलियनको नियन्त्रणमा भएको भन्दै चर्चा

अझसम्म अज्ञात रहेको अन्तरिक्षको ५ रहस्य
सयवटा भन्दा बढी एलियन ग्रह भेटियोः नासाको दाबी
नयाँ खोजले भन्छ, एलियन मरिसके त्यसैले मौन छन्
हाम्रो चन्द्रमाको नाम छैन, किन?