२५ कात्तिक, कुश्मा बजार ।

एमाओवादी महासचिवव कृष्णबहादुर महराले भारतले नेपालको संघीय सीमाङ्कनमा समेत खेल्न खोजेको आरोप लगाएका छन् ।

बुधबार पर्वतको कुश्मा बजार पुगेका महराले भारतले नेपालका प्राकृतिक साधान र श्रोतमा आफ्नो अनुकुलता पर्ने गरि संघीयता चाहेको टिप्पणी गरे ।

krishna b mahara

नेपालको जलस्रोत र अन्य प्राकृतिक सम्पदामा आफ्नो नियन्त्रण कायम रहने गरी मात्र नेपालमा संघीय राज्य बनुन् भन्ने भारतको चाहाना रहेको र सोही चाहाना पुरा हुने नदेखेपछि नाकाबन्दी लगाएर झुकाउन खोजेको महराले बताए ।

मधेश आन्दोलनमा उठेका मागहरु भने केही जायज रहेको बताएका महराले जायज माग पुरा हुन धेरै कुर्नु नपर्ने जानकारी दिए ।

पार्टीले उपप्रधान तथा गृहमन्त्री बनाएर पठाएको अवस्थामा समेत महरालाई गृहमन्त्री बन्न नदिन भारतीय पक्षबाट समेत चलखेल भएको बताइन्छ ।

लाजिम्पाटमा खतरनाक खेलः महराले गरे रेसबाट बाहिरिएको घोषणा

महराको विषयमा कुरा गर्दा ओलीले प्रचण्डलाई फोनमै थर्काए