२९ मंसिर, काठमाडौं ।

सरकारले ब्यवस्थापिका संसदमा नारावाजीकाबीच भूकम्पपछिको पुनर्निर्माण र संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गरेको छ ।

कांग्रेस सांसदले कुनै अवरोध नगरेपछि मधेशी मोर्चाका सांसदको नारावाजीकाबीच विधेयक प्रस्तुत गरिएको हो ।

samsad abarudda

सांसद गंगा चौधरीले पुनर्निर्माण विधेयक सम्बन्धी प्रतिवेदन पेस गरेपछि कानुन मन्त्री अग्नी खरेलले संविधानको पहिलो संशोधन विधेयक पेस गरेका छन् ।

संसदीय समितिमा रक्षामन्त्री र अमरेशको चर्का-चर्की

पुनर्निर्माण विधेयक अघि बढाउन सहमति दिएको मधेसी मोर्चाले कार्यसूचीमा संसोधन विधेयक पनि राखिएको भन्दै नारावाजीमा उत्रिएका हुन् ।

संकट समाधानका लागि बाबुरामको ४ बुँदे फर्मुला

दुवै विधेयक पेस भइसकेपछि संसद पुस १ सम्मका लागि स्थगित गरिएको छ ।