एजेन्सी।

स्मार्टफोनको बजारमा एप्पल कम्पनीले गत मङ्गलबार (२२ मार्च) बहुप्रतिक्षित ४-इन्च स्क्रीन भएको नयाँ आइफोन रिलिज गरेको छ। आइफोनको इतिहासलाई हेर्ने हो भने अझसम्म ठूलो स्क्रीनको आइफोन मात्रै निकालेको कम्पनीले सानो स्क्रीनको आइफोन निकालेको यो पहिलो चोटि हो।iPhoneSE-4ColorFan-PR_US-EN-Twitter

नयाँ ४-इन्चको आइफोनमा आइफोन ६-एसमा भएका सबै सेवा तथा सुविधाहरू छन् र ती सबै फिचरहरूलाई आइफोन ५ को जस्तै बनावटमा समावेश गरिएको छ, जसको नाम हो- आइफोन ५-एसई। यसको आकार पनि त्यहि पुरानो आइफोन ५ को जत्रै छ र सानो स्क्रीन मनपराउने लाखौँ प्रयोगकर्ताहरूकै लागि भनेर यो फोन निर्माण गरेको एप्पलले बताएको छ।Apple Vice President Greg Joswiak at iPhone 5se launch event

एप्पलका सहप्रमुख ग्रेग जसवियक आइफोन ५-एसईको लञ्च कार्क्रममा बोल्दै

यो नयाँ आइफोन ५-एसईको सुरुवाती मूल्य ३९९ डलर रहेको रिपोर्टले जनाएको छ, जसको कारण यो फोन अझसम्मकै सस्तो आइफोन बन्न पुगेको छ। कम्पनीका अनुसार अमेरिकामा यो फोनको बिक्रि वितरण मार्च ३१ बाट सुरु हुने बताइएको छ।

आइफोन ५-एसईमा पनि आइफोन ६-एस कै सुविधाहरू समावेश गरिएको छ जसमा ४००० को रिजोल्यूसनमा भिडियो खिच्न सक्ने क्षमता पनि पर्दछ। साथै गुणस्तरयुक्त अनि छिटो प्रोसेसर, हार्डवेयर र ब्याट्रि क्षमताको कारण यो फोनलाई सानो स्क्रीन मनपराउनेहरूले अधिक मन पराउने कम्पनीले दाबी गरेको छ।Tim Cook at iphone 5se launch

एप्पलका सीईओ टिम कुकले आइफोनमा व्यक्तिको गोप्य डाटाको बारेमा भावुक घोषना गर्दै लञ्च कार्यक्रमको सुरुवात गरेका थिए, जसलाई उनले ‘डिपली पर्सनल डिभाइस’ (Deeply Personal Device) भनेका छन्। उनले भने- “तपाईँहरूको डाटालाई जसरी हुन्छ सुरक्षा गर्ने दायित्व हाम्रो हो र यो कर्तव्यबाट हामी कहिल्यै पनि पछाडि हट्नेछैनौँ।”

यो पनि हेर्नुहोस्-
क्रेडिट कार्ड बिना नै निःशुल्क एप्पल आइडी कसरी बनाउने?
चर्चा पाउन नसकेका एप्पलका ८ उत्पादन
विमानभित्र आइफोनमा आगो लागेपछि…
आइफोनलाई पानीमा डुबाउँदा के हुन्छ? हेर्नुहोस् भिडियो