Category: प्रवास

दुबईमा ८० दिनपछि मृत्युशैय्याबाट उठिन नेपाली युवती

१२ वैशाख, एजेन्सी। कोमामा गएका बिरामी फेरि तन्दुरुस्त हुने घटना निकै दुर्लभ मानिन्छ। मानिस कोमामा गएपछि फेरि सामान्य अवस्थामा फर्केर बोलचाल गर्न सक्नु चिकित्साक्षेत्रमा चमत्कार झै मानिन्छ। यस्तै एक चमत्कार दुबईमा एक नेपाली युवतीसंग घटेको छ। दुबईमा रहेकी ३१ वर्षिया एक नेपाली युवती ८० दिनसम्म कोमामा गएसंगै उनको सिजेरियन क्षेत्रको आपतकालिन सर्जरी गरिएपछि चमत्कारिक ढंगले उनी एकाएक तङ्ग्रिएकी हुन। ८० दिनपछि अप्रिल ९ मा दुबईको एस्टर अस्पतालको शैयामा ब्युँझिदा देवी लामा श्रेष्ठसैग थिए उनका ३२ वर्षिय पति लोकेन्द्रनाथ श्रेष्ठ। अस्पतालका प्रमुख तथा डाक्टर शेबाज बिचु यसलाई चमत्कार मान्छन्। उनी भन्छन्, ‘हामीले यो केशलाई चुनौतीको रुपमा लिएका थियौं। उनको बाँच्ने सम्भावनालाई लिएर...

Read More

बुद्ध जयन्तीमा यसरी संगठित हुँदैछन् युएईका यी संघसंस्था

दिनेश आचार्य । ११ वैशाख, युएई  । युएईको अबुधाबीमा २५६१ औं बुद्ध जयन्ती ४० संघसंस्थाहरुको संयुक्त आयोजनामा भब्यरुपमा मनाइदै छ । आयोजक रहेका ४० संस्थाहरुले गत शुक्रबार एक पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिए । राष्ट्रिय विभूति, शान्तिका अग्रदुत, भगवान गौतम बुद्धको जन्मभूमि नेपालको पर्यटन प्रबद्र्धनसँगै अन्य देशले गौतम बुद्धका बारेमा छरेको भ्रम चिर्न कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी गराए ! बिगतका बर्षहरुमा पनि नियमित रुपमा बुद्ध जयन्ती मनाइएता पनि, यस बर्ष युएइमा कृयाशिल अधिकाशं संघसंस्थाले अपनत्व लिदै भब्य बनाउने तयारीका साथ लागिरहेका छन् । मुल आयोजक समितिमा सदस्य तथा नेपाली समाज यूएईका...

Read More

दूतावासले केही नेपालीलाई उद्धार गरी स्वदेश फर्कायो

८ वैशाख, काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई बुधबार नेपाल फर्काएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरी सरकारबाट उपलब्ध बजेटबाट हवाईटिकट खरिद गरी स्वदेश फर्काएको जनाइएको छ । सोही विज्ञप्तिमा मलेसियाली नागरिकको हत्याको आरोपमा मृत्युदण्डको सजाय खेपिरहेका नेपाली लालबहादुर तामाङको पक्षमा कानुनी परामर्शदाताबाट बहस गराई निर्दोष सावित गरी स्वदेश फर्काएको पनि जनाइएको छ । सन् २०१५ देखि मलेसियामा सेक्युरिटी गार्डमा काम गर्दै आएका सिन्धुपाल्चोकका तामाङलाई पनि नेपाल फर्काइएको छ । यसअघि गत चैत २४ गते सोही दूतावासले नुवाकोटका बिफ लामा तथा सिन्धुलीका लीला भोलन तथा...

Read More

जापानी राजकुमारी हिताचीद्वारा नेपाल र नेपालीको शीर उच्च रहेको भन्दै प्रशंसा

७ वैशाख, (टोकियो) जापान । जापानी राजकुमारी हानाको हिताचीले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गरेकी छिन् । नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको उनले जनाएकी हुन । एसियाका उद्यमशील महिला सहकर्मी समाजले ४१ वर्षदेखि आयोजना गर्दै आएको एक दिवसीय च्यारिटी मेलामा प्रमुख अतिथिका रुपमा उपस्थित भएकी राजकुमारी हिताचीले कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालसंग नेपाल र नेपालीको शीर उच्च रहेको भन्दै प्रशंसा गरिन। राजधानी टोकियो महानगरपालिकाको आकासाकास्थित इन्टरनेसनल होटलमा आयोजित एक मेलामा दौरा सुरुवाल र ढाका टोपी लगाएका नेपाली देखेर उनले नमस्ते अभिवादन गरिन ।...

Read More

कानुन निर्माण नभएसम्म वैदेशिक रोजगार कम्पनीहरुलाई कामदार पठाउने इजाजत नदिन निर्देशन

३१ चैत, काठमाडौं। संघीय ढाँचा अनुसारको कानुन निर्माण नभएसम्म वैदेशिक रोजगार कम्पनीहरुलाई कामदार पठाउने इजाजत नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको व्यबस्थापिका संसद अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले श्रम तथा रोजगार मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । बैठकले अदालतले फैसला गरेका बाहेकका वैदेशिक रोजगार कम्पनीलाई कामदार पठाउने इजाजत नदिन पनि सरकारलाई पुनः सचेत गराएको छ । बैठकले बैदेशिक रोजगारीमा जानेहरुमाथि वैदेशिक रोजगार कम्पनीहरुबाट ठगिने क्रम नरोकिएको भन्दै प्रभावकारी अनुगमनको व्यवस्था गर्न ठगी गरिरहेका म्यानपावरलाई कडा भन्दा कडा कारवाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले वैदेशिक रोजगारीमा जाने कामदारमाथि ठगी गर्ने वैदेशिक रोजगार कम्पनीहरुलाई...

Read More

पत्रकार महासङ्घ जापानमा घले निर्वाचित

२९ चैत, टोकियो, (जापान) । पत्रकार महासङ्घ जापानमा सोमबार भएको निर्वाचनमा मोहन घले अध्यक्षमा निर्वाचित भएका छन । घलेले बेलुकाजी थापालाई पराजित गरेका हुन । त्यसैगरी उपाध्यक्षमा विनोदकुमार सापकोटा र पूर्णबहादुर चलाउने निर्वाचित भएका छन । कोषाध्यक्ष, सचिव र सहसचिवमा क्रमशः राजविन थापा, ऋतुकुमार दुरा र कुमार मोक्तान निर्विरोध चयन भएका छन । त्यस्तै छ सदस्यमा आनन्द कोइराला, निशान मगर, मुक्ति सुवेदी, रमेश श्रीषमगर, शान्त पहरी, सङ्गीता कुवँर र रवीन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिलाई पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले बधाई तथा शुभकामना दिए । विजयी भएका घलेको नेतृत्वले आपसी सहकार्यमा अघि बढ्ने बताए...

Read More

साइप्रसदेखि पोर्चुगलसम्मको कहानीः विवाह नगरी म युरोपियन दलालको श्रीमती भएँ

बोमलाल गिरी ब्याचलरसम्मको पढाई पूरा भएको थियो । चार्टर एकाउन्टेस्सी फाउण्डेसन सकेर इन्टरमिडियटको परीक्षा दिने तयारी हुँदैथियो । प्लस टुका विद्यार्थीलाई पढाउने काम पनि सँगसँगै चलिरहेको थियो । बुबाआमा दुबै जना मास्टर्स पास अनि एनजिओका जागिरे । घरमा दुई जना त काम गर्ने मान्छे नै । काठमाडौं बुढानिल्कण्ठ की २५ वर्षीया रोश्लीन श्रेष्ठको पारिवारिक पृष्ठभूमि हेर्दा उनलाई नपुग्दो केही थिएन । तर एकाएक भूत सवार भयो विदेश जाने । सन् २०१४ मा एकाएक साइप्रस हिँडिन् । काठमाडौंको सौखिन वातावरणमा हुर्किएकी रोश्लीनले हाउस मेडको रुपमा साइप्रसमा असोचनीय काम गर्नु पर्थ्यो । उनले साइप्रसदेखि पोर्चुगलसम्मको कहानी भन्दै गइन । म सुनिरहें...

Read More

खाडीमुलुकमा घरेलु कामदार नपठाउन सरकारलाई निर्देशन

२० चैत, काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सम्बन्धित मुलुकले घरेलु कामदारसँग सम्बन्धित ठोस् कानुन नबनाउँदासम्म र नेपालसँग द्धिपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडीमुलुकमा नेपाली घरेलु कामदार पठाउने कार्य पूर्णत बन्द गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिएको छ । समितिको आजको बैठकले खाडीमुलुकमा अलपत्र अवस्थामा रहेका र समस्यामा परेका नेपाली कामदारलाई तुरुन्त स्वदेश फर्काउन उच्चस्तरबाट पहल गर्न परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको हो । मानव तस्करीमा संलग्न नेपाल बाहिर रहेका नेपालीको पहिचान गरी उनीहरुलाई सम्बन्धित देशबाटै देश निकाला गराइ नेपाल ल्याएर कानुन बमोजिम कारबाही गर्न र त्यस्तो कार्यमा संलग्न विदेशी नागरिकलाई सम्बन्धित देशको कानुन अनुसार कारबाही...

Read More

गैरकानूनी रुपमा साउदीमा रहेका नेपालीलाई घर फर्काउन सरकारले शिविर चलाउने

१७ चैत, काठमाडौं। सरकारले गैरकानूनी रुपमा साउदी अरबमा बसिरहेका नेपालीलाई घर फर्काउन शिविर सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार ऋषिराम अधिकारीले बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दे अबको ९० दिनभित्र आफ्नो मुलुकमा गैरकानूनी रहेका बिदेशीलाई बिना कारबाही आफ्नो देश फर्कन अवसर दिन लागेको बताए । अधिकारीका अनुसार सरकारले साउदीस्थित नेपाली बाहुल्य क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने छ । शिविरले गैरकानूनी रुपमा साउदीमा रहेका र दूतावासको पहुँचबाट टाढा रहेका नेपालीले लाभ लिन सक्ने अधिकारीले जानकारी दिए । घुम्ती शिविरका लागि नेपाल र नेपालीको क्षेत्रमा काम गर्ने साउदीका ३० भन्दा बढी संघ संस्थाहरुले स्वयम्सेवकको रुपमा सहयोग...

Read More

अमेरिकामा मन्दिर निर्माण गर्न नेपालीद्वारा ६ लाख डलरमा जग्गा खरिद

१४ चैत, वासिङ्टन डिसी । नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् । बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड जमिन र बङ्गला, सहायक घर, स्वीमिङ पुल, टेनिस कोर्ट समेतको भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको छ । अमेरिकामा रियल स्टेटको क्षेत्रमा क्रियाशील रहेका र मन्दिर निर्माणका लागि बोर्ड अफ ट्रष्टी समेत रहनुभएका कृष घिमिरेको पहलमा उक्त भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको हो । “खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया हामीहरुले शुक्रबार सम्पन्न गरेका छौँ,” घिमिरेले भने...

Read More